Logo

प्रहरीको चौथो पेट्रोल पम्प चितवनमा



Spread the love

१६ मंसिर, भरतपुर – भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।

कोषका सदस्य–सचिव वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पबाट पेट्रोल र डिजल बिक्री वितरण गरिएको छ ।

तामाङका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उनले जानकारी दिए । कोषले काठमाडौँको नक्साल, सामाखुसी र पथलैयामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्