Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४३६
संक्रमित
६७,८०४
निको भएका
४९,९५४

चिनी मिलद्वारा उखुको मूल्य निर्धारण



१७ मंसिर, कञ्चनपुर। बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल  ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल  ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल  चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ ।

मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताउनुभयो ।

उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार  ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको  २३ करोडको मूल्यमा हालसम्म सरकारले  १६ करोड उपलब्ध गराए पनि अझै  सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्