Logo

१३ औं साग : महिला भलिबलमा नेपाल भारतसँग पराजित हुँदै रजतमा सिमित



Spread the love

१७ मंसिर, काठमाडाैँ – नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५-२० ले गुमायो । पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

प्रतिक्रिया दिनुहोस्