Logo

गढिमाई मेलामा स–साना बालबालिकाको कपाल मुण्डन गरिँदै



Spread the love

 

१८ मंसिर, बारा । गढिमाई मेलामा बुधबार दुधेबालकको कपाल मुण्डन गरिएको छ । गढिमाई मेलामा सन्तान नहुने दम्पत्तिले भाकल गरेपछि सन्तान प्राप्ति हुँदा उनीहरुको कपाल मुण्डन गराउने चलन रहेको हो ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका हजारौँ दम्पत्ति आ–आफ्ना सन्तानको कपाल मुण्डन गराउने गर्दछन् । लामो समयसम्म सन्तान नभएका र छोरी मात्र भएका दम्पत्तिले गढिमाईमा भाकल गर्दछन् ।

मङ्गलबार गढिमाईमा ६ हजार राँगाको बलि दिइएको थियोे । बुधबारसम्म बलि दिएको सङ्ख्या ५० हजार बढी हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्