Logo

यसरी बनाउनुहोस् मसरुम करी र पनिर पापड साँधेको



Spread the love

शाहाकारीलाई लक्षित गर्दै तयार गरिएको दुईवटा डिश यस प्रकार छन् :
डिसः मसरुम करी
चाहिने सामग्रीः तोरीको तेल, मेथी, प्याज, अदुवा, लसुन, हरियो खुर्सानी
बनाउने विधिः
प्यानमा तेल तताउनुहोस् र मेथी हाल्नुहोस् । मेथी कालो भएपछि प्याज, लसुन, अदुवा र हरियो खुर्सानी हालेर खैरो हुनेबेला सम्ममा चलाई राख्नुहोस् । त्यसपछि हाल्नुहोस् च्याउ। च्याउबाट पानी आउने भएकोले पानी नसुकेसम्म चलाइरहनुहोस् । त्यसपछि हाल्नुहोस् गोलभेँडा । गोलभेँडालाई राम्रोसँग पाक्न दिनुहोस् । त्यसपछि हाल्नुहोस् जिराको धुलो धनियाँको धुलो, रातो खुर्सानीको धुलो र क्रिम यी मसलालाई राम्रोसँग पाक्न दिनुहोस् र हाल्नुहोस् नुन टिम्मुरको धुलो अन्तिममा हाल्नुहोस् हरियो प्याज र एक मिनेट पकाएपछि मसरुम करी तयार हुन्छ ।


डिसः पनिर पापड साँधेकोः
पनिरलाई फिंगर स्टाइल वा आफूलाई मन पर्ने सेपमा काट्नुहोस्, पापडलाई ब्रेड क्रम्बको रुपमा प्रयोग गर्नुहोस् र चनाको पिठोको ब्याटर बनाउनुहोस् ।

पनिरलाई चनाको पिठोको ब्याटरमा कोट गर्नुहोस् र पापडको धुलोमा राख्नुहोस् । पनिरमा सबैतिर पापडको धुलो लागेपछि डिप फ्राइ गर्नुहोस् र यत्तिकै राख्नुहोस् । त्यसपछि तयार गर्नुहोस्ः

काटेको प्याज, हरियो प्याज, हरियो खुर्सानी, धनियाँ, कागतीको रस, त्यसपछि पोलेका गोलभेँडामा नुन र टिम्मुर हालेर अचार बनाउनुहोस्

त्यसपछि यी सामग्री पनिरमा हाल्नुहोस् र मेथी राखेको तोरीको तेलले झान्नुहोस् । मेथी डढेर कालो भएपछि पनिरमा हाल्नुअघि तेललाई ग्यासबाट निकालेर बेसार पनि हाल्नुहोस् । त्यसपछि पनिर नभाँच्चिने गरी मोल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्