Logo

नीता र निराजनको ‘रङ्ग भित्रको’ गीत सार्वजनिक



Spread the love

पछिल्लो समय नेपालीकी चर्चित नायिका हुन्-नीता ढुङ्गाना । उनी आजकल फिल्म भन्दा पनि म्युजिक भिडियोमा व्यस्त रहेकी छन् । उनले अभिनय गरेकी म्युजिक भिडियो ‘रङ्ग भित्रको’ बोलको गीत सार्वजनिक भएको छ ।


गीतमा नायिका नीता रानी भूमिकामा छन् भने राजाको भूमिकामा नायक निराजन प्रधान रहेका छन् । यस गीतमा एक रानीले राजासँग मायाको भिख माग्दा राजाले रानीलाई वास्ता नगरेको यस गीत मार्फत गायिका मेनुका पौडेलले प्रस्तुत गरेकी छिन् ।


संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको गीतमा एसडी योगीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने रिकेशले नै एरेन्ज गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायाङ्कन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

https://youtu.be/NLUFrYbX7eA

प्रतिक्रिया दिनुहोस्