Logo

गुल्मीमा झाविन्द्र पाण्डे नेविसंघ सभापतिको दौडमा ।



Spread the love

काठमाडौं, २० भदौ – असोज ३ र ४ गतेका लागि तोकिएको नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सर्गमी बढेको छ । नेविसंघका विभिन्न पदहरुमा नेताहरुले आ आफ्नो आकांक्षा प्रकट गर्न थालेका छन् ।

यसपाली नेपाल विद्यार्थी संघ गुल्मीको सभापति बन्न अहिलेका कार्यबाहक सभापति झविन्द्र पाण्डेले भोट माग्न थालेका छन् । पाण्डले नेविसंघमा गरेको योगदान र हालको पोर्टफोलियोको आधारमा आफू नेविसंघको निर्विरोध सभापतिको उम्मेदवार भएको दाबी गरे ।

अघिल्लो कार्यकालमा जिल्ला उपसभापति बनेका पाण्डे यसपाली सभापतिको लागि उम्मेदारी घोषणा गरेका हुन् । नेविसंघ गुल्मीका सभापति सुदर्शन खनाल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि खनालले कार्यबाहक सभापतिको जिम्मेवारी पाण्डेलाई सुम्पिएका छन् । नेविसंघको विधानले एकै व्यक्तिले दुई पद लिन नदिएपछि पाण्डेले कार्यबाहक सभापति पाएका हुन् ।

पाण्डे त्यो भन्दा अघि नेविसंघ गुल्मीको जिल्ला सदस्य थिए । त्यो भन्दा अघि २०६५ सालमा रेसुंगा बहुमुखि क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।

सोही बेलामा उनी रेसुंगा क्याम्पसमा नेविसंघ इकाई सह सचिव थिए । त्यो भन्दा अघि उनी रेसुंगा माविको इकाई सभापति थिए ।

पाण्डे गुल्मीमा नेताहरुबाट पनि रुचाइका र नेविसंघ भित्र पनि रुचाइएका मिजासिलो स्वभावका विद्यार्थी नेता हुन् । उनले भूकम्प पछिको उद्धार, दजाकोट आगलागीमा आगो नियन्त्रण, गोविन्द केसी प्रतिको एक्येवद्धता आन्दोलन लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

 

उनी जिल्लाका अन्य सामाजिक तथा राजनीतिक आन्दोलनमा पनि सहभागि छन् ।

नेविसंघ गुल्मीको अधिवेशन पाण्डेकै सभापतित्वमा हुँदैछ । प्रदेश तथा केन्द्रको निर्वाचन आएकोले अहिले नेविसंघको अधिवेशन स्थगित हुन्छ कि भन्ने शंका चाहिँ कायमै छ ।

‘नेविसंघको अधिवेशन स्थगित हुँदैन, नेताहरुले आफ्नो इन्ट्रेस्ट नदेखाउने भने फरक पर्दैन,’ उनले भने, ‘समयमै निर्वाचन भयो भने नेविसंघको नयाँ नेतृत्वले उर्जाका साथ आउँदा निर्वाचनमा सघाउँछ ।’

उनले अधिवेशनको बेला आफूलाई सहयोग गर्न सबै भोटरहरुलाई अनुरोध गरेको समेत बताए । ‘सकेसम्म मिलेर जाने कुरा नै गर्नुपर्छ,’ उनले भने, ‘मिलेर जाने कुरा भएन भने निर्वाचन हुन्छ । यसपाली स्वभावैले म सभापतिको उम्मेदवार हुँ ।’

नेविसंघको जिल्ला अधिवेशनमा एक सय ५० देखि एक सय ६० जना प्रतिनिधि रहन्छन् । पाण्डेले विदेशमा गएर पैसा कमाउने युवालाई सफल तर स्वदेशमै सामाजिक काम गरेको मान्छेलाई असफल मान्ने प्रवृत्ति हटाउनको लागि अबको विद्यार्थी नेतृत्वले काम गर्नुपर्ने बताए ।

भविष्यको परिपक्क नेतृत्व विकासका लागि विद्यार्थी संगठनमा काम गर्नुपर्ने भएकोले पनि आफू अहिले सभापतिको उम्मेदवार बन्न लागेको उनले बताए । विद्यार्थी संगठनमा सामेल र सक्रिय भएर नै समाज, मानव जीवन र राज्यको चरित्रलाई समेत बुझ्न सकिने उनले बताए ।

स्वयम विद्यार्थीसँग सम्बन्धीत अध्ययन, विद्यार्थीका हक अधिकार, शिक्षालाई श्रमसँग जोड्ने तौर तरिका र त्यो सम्बन्धी व्यवहारिक ज्ञान लगायतका विषयमा काम गर्न लागि पनि नेविसंघको जिल्ला सभापतिमा आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्