Logo

जाडो मौसममा बालबच्चाको हेरचाह कसरी गर्ने ?



Spread the love

बालबालिकाको कोमल छालालाई जाडो मौसममा विशेष ध्यान दिनु आवश्यक छ । वास्तवमा बालबालिकाको छाला वयस्क व्यक्तिको छाला भन्दा निक्कै नाजुक हुन्छ । सही हेरचाहले उनीहरुमा रेडनेस र र्‍यासेस हुने सम्भावना हुँदैन । यसबाहेक जाडो मौसममा सुख्खा छालाको लागि अतिरिक्त पोषणको आवश्यक पर्छ ।
बालबालिकाको छालामा चिसोको प्रभाव
-रेड, रफ र स्केली गाला
-गाला, नारीको छाला सुख्खा हुनु र पत्र पर्नु
-फुटेको ओठ
-एक्जिमा हुनु
-हिट रेस
कसरी हेरविचार गर्ने ?
-बालबालिकाहरुको सुख्खा र खस्रो भएको छालामा मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नुपर्छ ।
– १८ महिनापछि बालबालिकालाई जाडो मौसममा पनि सनस्किन लगाउनु उपयुक्त हुन्छ ।
-६ वर्षभन्दा कम उमेरका बालबालिकाको ओठ धेरै फुट्न थाल्छ । यसको लागि भ्यासलिनको प्रयोग उपयुक्त हुन्छ ।
-जाडोमा लामो समयमसम्म ऊनीका कपडा लगाउनाले हिट रेसको सम्भावना धेरै हुन्छ । त्यसका लागि बालबालिकाको छालाको नियमित जाँच गराई रहनुपर्छ ।
-जाडोमा बालबालिकाको डाइपर छिट्टो छिट्टो बदल्नु पर्छ र डाइप एरियालाई राम्रोसँग सफा गर्नुपर्छ ।
-चिसो मौसममा नुहाउने अवधि कम गर्नुपर्छ । नुहाएपछि ६ मिनेट उसलाई मोइस्चराइज गरेर लुगा लगाइदिनुपर्छ ।
घरेलु तरिका
– बालबालिकालाई नुहाइदिएपछि नरिवलको तेल लगाइदिनु पर्छ अथवा नुहाउनु भन्दा एक घण्टा पहिला पनि लगाउन सकिन्छ ।
-सुख्खा तथा फुटेको ओठ तथा गालामा घरमै बनाइएको शुद्ध घिउ लगाउन सकिन्छ ।
-दुई ठूलो चम्चा ओट्सलाई पिसेर एउटा बाल्टीमा भिजाउने । त्यसपछि त्यसमा थोरै ओलिभ ओयल मिसाएर बच्चालाई त्यही पानीले नुहाइदिने ।

प्रतिक्रिया दिनुहोस्