Logo

साइक्लिङमा तामाङलाई स्वर्ण



Spread the love

१९ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् ।

काठमाडौँको गोकर्णमा आज भएको खेलमा तामाङले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेका हुन् । उनले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारित दूरी पूरा गरे । सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते । जारी सागमा नेपालका लागि यो ३२ औँ स्वर्ण पदक हो । सागमा नेपालले अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक जितेको छ । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्