Logo

५ हजार मिटर दौडमा गोपीलाई स्वर्णसँगै नेपालको स्वर्ण सङ्ख्या ३७ पुग्यो



Spread the love

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए ।

गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्न सफल भए । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते । योसँगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्