Logo

साग पुरुष क्रिकेट: भुटानमाथि बंगलादेश १० विकेटले विजयी



Spread the love

२० मंसिर, काठमाडौं । १३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले १० विकेटको जित निकालेको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले बिना विकेटको क्षतिमा ६.५ ओभरमा भेट्टायो ।

टस जितेर पहिले ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अन्य चार जना बलरले १–१ विकेट बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्