Logo

चलचित्र ‘शिवानी’को ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)



Spread the love

चलचित्र ‘शिवानी’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै २०७७ साल बैशाख ५ गतेलाई रिलिज मिति तय गरिएको छ। खड्का फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘शिवानी’मा किशोरावस्थामा हुने प्रेम, द्वन्द्व, रोमान्स, बदला तथा वियोगले निम्त्याउने घटनालाई समेटिएको छ।

चलचित्रमा दिनेश कुमार राय, ग्याल्बो पाख्रिन र दिपकमान श्रेष्ठ फिल्मका निर्माता हुन् भने रन्जित तामाङ सह-निर्माता हुन् । फिल्ममा बबुल गिरीको संगीत, दिनेश सुबेदीको शब्द र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ।उपेन्द्र प्रसाद खड्का / प्रसान्त कुमार यादवको लेखनमा बनेको यस चलचित्रमा महेन्द्र थापाको छायांकन रहेको छ।

रोनित बि मिजारको सम्पादन तथा निर्देशनमा तयार भएको यो फिल्ममा उत्तम बिष्ट , चुल्ठिम गुरुङ , पुर्णिमा लामा , निर्मल शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
हेर्नुहोस् ट्रेलर:-

https://youtu.be/QcBxR7AVxlU

प्रतिक्रिया दिनुहोस्