Logo

साग महिला क्रिकेट: श्रीलङ्काले दियो नेपाललाई ११९ रनको लक्ष्य



Spread the love

२० मंसिर, काठमाडौं । १३‌ औँ दक्षिण एशियाली खेलकुद( साग) मा श्रीलङ्काको महिला क्रिकेट टोलीले नेपाललाई जितका लागि ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ। शुक्रवार पोखरा रङ्गशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्काले २० ओभरमा सात विकेटको नोक्सानीमा ११८ रन बनाएको हो।

श्रीलङ्काका लागि लिहिनी अप्सराले ३७ रन र जनादी अनालीले ३५ रन बनाए। नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले दुई-दुई एवम् अञ्जली चन्दले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्