Logo

श्रीलङ्का विरुद्ध पराजित भएसँगै नेपाली महिला टोली स्वर्णको प्रतिस्पर्धाबाट बाहिरियो



Spread the love

२० मंसिर, काठमाडौं । नेपाली महिला क्रिकेट टोली दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदकको प्रतिपर्धाबाट बाहिरिएको छ । साग महिला क्रिकेट अन्तगर्त श्रीलङ्का विरुद्धको खेलमा ३९ रनले पराजित भएसँगै नेपाली टोली अङ्कतालिकामा तेस्रो स्थानमा पुगेको हो ।

अब बङ्गलादेश र श्रीलङ्काबीच स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । पोखरामा सम्पन्न महिला क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले ३९ रनले पराजय बेहोर्नुपर्यो । श्रीलङ्काले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेलेपनि ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्काले २० ओभरमा सात विकेटको नोक्सानीमा ११८ रन बनाएको हो। श्रीलङ्काका लागि लिहिनी अप्सराले ३७ रन र जनादी अनालीले ३५ रन बनाए। नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले दुई-दुई एवम् अञ्जली चन्दले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्