Logo

साग पुरुष क्रिकेट: करणको विस्फोटक ब्याटिङमा नेपालले दियो माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य



Spread the love

२० मंसिर, काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।

नेपाललाई बलियो योगफल सम्म पुर्याउन करण केसीले १६ बलको सामना गर्दै अविजित ४० रनको योगदान दिए । दिपेन्द्र ऐरीले सर्वाधिक ३६ बलमा ३९ रन बनाए । नेपाली टोलीले एकपछि अर्को विकेट पतन हुँदा उपकप्तान दिपेन्द्र ऐरिले इनिङ सम्हालेका थिए । पारस खड्का ११ ,आरिफ सेख १७ , कप्तान ज्ञानेन्द्र मल्ल १९ रन रोहितकुमार पौडेल १०, विनोद भण्डारी १९ बनाए । पवन सर्राफले खाता नै खोल्न सकेनन् ।

माल्दिभ्सका लिम शफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । आमिल माउरुफले २, मोहम्मल महफूज र उमर एडमले १–१ विकेट लिए । कमजोर माल्दिभ्सविरुद्ध नेपालले आफ्नो स्तर अनुसारको ब्याटिङ गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्