Logo

चलचित्र‘माछा माछा’ र ‘माया पिरिम’को भिडन्त, कसले मार्ला बाजी ?



Spread the love

केहि महिना याता चलचित्रहरु रिलिज भइरहेका छन् तर हल खालिनै रहदै आएका छन्  । अघिलो शुक्रबार रिलिज भएका ‘सरौतो’,‘लभ यु हमेशा’ र ‘मखमली मखमली’पनि दर्शक तान्न सकेन । आजबाट एक साथ दुई नयाँ चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज भएको छ ।


सुनिल गुरुङको निर्देशन गरेको चलचित्र ‘माछा माछा’ र टेक पौरखी राईले निर्देशन गरेको लभस्टोरी चलचित्र ‘माया पिरिम’ दुइ चलचित्र एक साथ रिलिज भएका छन् । हलमा प्रत्यक हप्ता फिल्म रिलिज भएका छन् तर दर्शकको उपस्थिती सुनसान भएको बेला के यी दुइ चलचित्रले दर्शक तान्न सक्लाता ।
चलचित्रको मुख्य भूमिकामा नायक सौगात मल्ल, विजय बराल, सरिता गिरी, भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङ र नायक दयाहाङ राइको निर्माणमा भएको छ । तिन युवाले पैसा कमाउनको लागि दौडधुप गरेको कथालाई यस चलचित्र उठान गरिएको छ ।


अर्को चलचित्र ‘माया पिरिम’को मुख्य भूमिकामा नायक कोशिश क्षेत्री र डेब्यु नायिका किरण चन्द मुख्य भूमिका रहेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सागर बस्नेत र कोषराज दाहाल हुन् । प्रविन थापा र सविन अधिकारी निर्माता र मोहन मरासैनी निरज कँडेलद्वारा छायांकन गरेका हुन् ।

असोज महिना भन्दा यता नेपाली चलचित्रको व्यापारमा खडेरी लागेको छ । अब यी दुई चलचित्रले कस्तो गर्लान ब्यापार हेर्न बाँकिनै छ । कसले मार्ला बाजी ?

प्रतिक्रिया दिनुहोस्