Logo

एक्लोपना स्वास्थका लागि घातक !



Spread the love

एक्लोपनाले प्रायः मानिसहरुलाई डिप्रेसनको शिकार बनाउने काम गर्दछ ।कहिलेकाहीँ आफ्नो कुरा व्यक्त गर्ने अथवा आफ्नो समस्याहरु सुनाउने अथवा सुन्न व्यक्ति नभइदिँदा पनि यो समस्या पैदा हुने गर्दछ । एक्लोपनाले तपाईंलाई केवल मानसिक रुपले मात्र नभएर शारीरिक रुपले समेत बिमारी बनाउन सक्छ ।

एक्लोपनाको समस्या सम्पूर्ण विश्वभरी नै तीब्र गतिमा बढिरहेको छ । खासगरी बृद्ध-बृद्धामा एक्लोपनाको समस्या तीब्र गतिले बढिरहेको देख्न सकिन्छ ।

मनोविज्ञानका अनुसार एक्लोपन दुई किसिमको हुन्छ । पहिलो तरिकाको एक्लोपना सोशल आइसोलेशन हो । जसमा मानिसहरु प्रायः त्यसकारण एक्लोपनाबाट गुजि्ररहेका हुन्छन् जसका कारण उनीहरुको जिन्दगीमा साथीभाइ अथवा परिवारका कुनै सदस्यको साथ हुँदैन । दोस्रो एक्लोपन सब्जेक्भिट एक्लोप हो । जसमा मानिस नजिकै त हुन्छन् । तर, केही पनि बुझिरहेका हुँदैनन् । तपाईं जुनै प्रकारको एक्लोपनको शिकार भएता पनि तपाईंको स्वास्थमा त्यसले अवश्य पनि प्रभाव पारिरहेको हुन्छ ।
एक्लोपन के हो ?
एक्लोपनले तपाईंको सोचलाई यसरी प्रभावित गर्छ कि तपाईंको स्वास्थलाई समेत यसले आफ्नो चपेटामा पार्छ । त्यस्तो बेला के हुन सक्छ भने तपाईं मन-मनै कुँडिन सक्नुहुन्छ । अथवा आफू भित्र उकुसमुकुस भएको कुराहरुलाई बाहिर निकालेर मनलाई खाली गर्नका लागि तपाईंले कोही पनि भेट्नु हुन्न । त्यसपछि बिस्तारै त्यसले तपाईंको शारीरिक तथा मानसिक स्वास्थ नराम्ररी प्रभावित हुन थाल्छ ।

तपाईंले त्यसबाट छुटकारा पाउनका लागि विभिन्न उपायहरु अपनाउन सक्नुहुनेछ । जसले तपाईंको एक्लोपनालाई हटाउनका लागि सहयोग पुर्‍याउन सक्छ ।
बाहिर निस्कनुपर्छ
धेरै पटक तपाईं आफूसँग बाहिर जाने साथी छैन भन्ने सोचेरै घरबाट बाहिर निस्कन चाहनुहुन्न । त्यसका लागि के कुरा अनिवार्य छ भने तपाईं घरबाट बाहिर निस्कनै पर्छ र घुमफिर गर्नैपर्छ ।
नयाँ ठाउँमा जानुपर्छ
एक्लै बस्दा-बस्दा तपाईंको विचारहरुमा समेत नकारात्मकताको मात्रा बढी हुन थाल्छ र तपाईंले आफ्नो जीवनमा केही नयाँ र राम्रो कुराको अनुभव गर्नै पाउनु हुन्न । त्यसैले नयाँ-नयाँ ठाउँमा घुमेर, यात्रा गरेर मनलाई बहलाउने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्