Logo

बाबुआमाको हत्या



२० मंसिर, रूपन्देही – रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।

२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज(युसीएमएस)रानीगाउँ भैरहवा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्