Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा



२० मंसिर, पोखरा – पोखरा रङ्गशालामा जारी १३ औँ सागअन्तर्गत महिला ह्याण्डबलमा नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बङ्गलादेश फाइनलका लागि भिड्ने छन् । महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश आआफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउँदै समूह विजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो ।

समूह बीअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले भने श्रीलङ्का र बङ्गलादेशसँगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्