Logo

र्याडिसन होटल काठमाडौंमा ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुँदै



Spread the love

काठमाडौं २१, मंसिर । आईसेक नेपालको आयोजनामा आज शनिबारको दिन काठमाडौंको र्याडिसन होटलमा ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुँदै छ । कार्यक्रममा तीन सयभन्दा बढिको सहभागिता हुने र विजेता तीन जनालाई एक लाख बराबरको पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यो ईभेन्ट युवा पुस्ता जो समाजमा आफ्नो विचारबाट परिवर्तन चाहन्छन उनीहरुको लागि उपयुक्त प्लाटफर्म हुने आयोजकले विश्वास दिलाएको छ । आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा ,‘दिगो विकासको लागि केन्द्रित गरिएको पाँच महत्वपूर्ण पक्षमा क्वालिटी एजुकेशन, जेण्डर ईक्वालिटी, क्लिन वाटर एण्ड स्यानिटेशन, पिस, जस्टिस एण्ड स्ट्रोङ ईन्स्टिच्युसन एण्ड पार्टनरसिप फर गोल्स हुन् ।’

ईभेन्टको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई दिगो विकासको लक्ष्य हाँसिल गर्नको लागि तालिम दिने र यो ईभेन्टबाट छानिएका उत्कृष्ट तीन विचारहरुलाई एक लाख रुपैयाँ विचार कार्यान्वयनको लागि सहयोग गर्ने रहेको छ ।

त्यस्तै, ईभेन्टमा ‘पावर टक’ मा मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल, संयुक्त राष्ट्रसंघका भोल्युनटियर्सका कन्ट्री कोअर्डिनेटर मून गुरुङ, पिस एण्ड डिसार्ममेन्ट प्रोजेक्टका कोअर्डिनेटर जेन एलिजाबेथ लसन र अनलिमिटेड टेक्नोलोजीका सिईओ एलेन बाईलोचन तुलाधरको प्रवचन रहेको छ ।

शीर्ष तीन जना विजेताहरुको ६० प्रतिशत चयन माथि उल्लेखित वक्ताहरुबाट र ४० प्रतिशत चाहीँ अडियन्स (पोलिङ सिस्टम) बाट हुनेछ । उक्त ईभेन्ट कोकाकोलाले प्रस्तुत गर्नेछ भने यसको सह–प्रायोजकको रुपमा क्याथी प्यासिफिक र प्लान ईन्टरनेश्नल रहेका छन् । त्यस्तै, यो ईभेन्टमा आवद्धता संस्थाहरुमा खल्ती, र्याले ईन्टरनेश्नल, रेस्टलेस डेभलवमेन्ट, भि.एस.ओ, एडुसञ्जाल र संयुक्त राष्ट्रसंघ रहेका छन् ।

ईभेन्टमा भाग लिन चाहनेहरुको लागि एक दिनको लागि प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ ।

कार्यक्रमको अनलाइन मिडिया पार्ट्नर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्