Logo

साग महिला क्रिकेट: माल्दिभ्सले दियो नेपाललाई ९ रनको सामान्य लक्ष्य



Spread the love

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत माल्दिभ्सले नेपाललाई ९ रनको सामान्य लक्ष्य दिएको छ ।

पोखरा रंगाशालामा टस जितेर पहिले ब्याटिङ थालेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका ब्याट्सवुमेनले १० खाता खोल्न सकेनन् ।

स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् । कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २-२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्