Logo

४२ किलोमिटर म्याराथन दौडमा किरणसिंहलाई स्वर्ण



Spread the love

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक हात पारेको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

शनिबार बिहान काठमाडौंको दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गरे । भारतीय धावक रास्पाल सिंहले उक्त दूरी पार गर्न दुइ घण्टा २१ मिनेट ५७ सेकेण्ड लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्