Logo

चिसो मौसममा ओठ फुट्ने समस्याबाट यसरी छुटकारा पाउनुहोस्!



Spread the love

चिसो मौसम भएसंगै हाम्रो शरीरले न्यायो खोज्न थाल्दछ । जाडो मौसममा छाला सुख्खा हुने हुदा फुट्ने समस्या हुन्छ । छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ । ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ । त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ । बाहिरको मौसम बढी चिसो हुँदा ओठमा रहेको ग्रन्थिहरुले कम तेल निकान्छ र फुट्न थाल्छ ।

ओठ फुट्न नदिन घरेलु विधिहरु अपनाउन पनि सकिन्छ । ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरुले ओठलाई चलाउने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर फुट्ने गर्छ । त्यसैले ओठलाई जिब्रोले चलाउने बानी गर्नु हुँदैन ।

मह, घीउ, नरिवलको तेल, दूधको तर आदि हलुका तरिकाले ओठमा लगाउदा पनि ओठ फुट्ने समस्या कम हुन्छ ।

चिसो मौसममा ओठ तथा शरीरको छाला फुट्ने समस्या पानीको कमिले पनि हुन्छ । त्यसैले अल्छिपना हटाएर नियमित रुपमा प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्