Logo

वडा सदस्यको मृत्यु



Spread the love

२२ मंसिर, दाङ – दाङका एक वडा सदस्यको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ४ का वडा सदस्य पुनीराम कामीको लामो समयदेखि खुट्टाको बिरामी भएर शनिबार बिहान ८१ वर्षका उमेरमा निधन भएको हो । उनि तत्कालीन नेकपा(एमाले)का तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए ।

कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत भएका थिए । सोही वडाको कजेरेटोल निवासी कामी गाउँपालिकाका विभिन्न संस्थामा क्रियाशील थिए। गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उनको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए । वडा नं ४ का वडाध्यक्ष धनबहादुर केसीले लामो समय समाजसेवी तथा जनप्रतिनिधि भएर काम गरेका कामीसंँग लामो अनुभव भएकाले उनको निधनले ठूलो क्षति पुर्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्