Logo

मंसिर २३ गते सोमबार,भोलीको राशीफल



Spread the love

भोली मिति २०७६साल मंसिर २३ गते सोमबार, भोलीको राशीफल। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईँहरूको दिन शुभ रहोस्।

मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।

वृष राशी – अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मिथुन राशी – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

कर्कट राशी – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

सिंह राशी – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमि बाट लाभ रहला।

कन्या राशी – स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ।

तुला राशी – महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक राशी – मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अलंकारको प्राप्ति हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

धनु राशी – आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।

मकर राशी – स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ।

कुम्भ राशी – भाग्यले विभिन्न अवसर जुराउनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

मीन राशी – सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। आएको काम पुरा भई धनार्जन हुनेछ।

प्रतिक्रिया दिनुहोस्