Logo

गीताका यी उपदेश जसले जीवनलाई सुखी र खुसी बनाउँछ



Spread the love

महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय मित्र अर्जुनलाई गीताको उपदेश दिएका थिए । पहिला नै भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा ज्ञान भएको हुनाले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिएका हुन् । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।
१. कर्म गर्नेमाथि नै अधिकार
जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सफलता नै प्राप्त हुन्छ ।
२. जसले द्वेष गर्दैन
कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।
३. कर्म जरुरी
हरेक मनुष्यका लािग धर्तीमा कुनै न कुनै कार्य मौजुद छ । जुन कार्य गर्नका लागि उ बाध्य पनि छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै खुबी वा प्रतिभा छ । मात्र जरुरी छ कि आफूभित्र रहेको खुबीलाई पत्ता लगाएरु कार्य गर्नु ।
४. जसले इन्द्रियलाई रोक्छ
यस्तो व्यक्ति जो आफ्नो इन्द्रियमाथि केवल माथिजबाट नियन्त्रण गरेको देखाउँछ र भित्रबाट उसको मन चलायमान हुन्छ यस्तो व्यक्ति झुठा र कपटी मानिन्छन् ।
५. परमात्मलाई सच्चा मनले स्विकार्नु
जो व्यक्ति ईश्वर शक्तिलाई सच्चा मनले स्वीकार गर्छ र परमात्मामा पूरै आस्था राख्छन् भगवान उसलाई नराम्रो हुन दिँदैनन् ।

प्रतिक्रिया दिनुहोस्