Logo

भावना



Spread the love

 

harihar budhathoki(bindu maila)

एउटा पाटो छुटी रहेछ अर्कै पाटोमा दौडी रहे
समय केही ढिलो भई सकेछ त्यो पाटो ल्याउन जाँदा
एउटै पाटो समाए मैले कत्ती नछोडिकन
अर्को पाटो तिर मैले कत्ती ध्यानै नदिकन
जुन पाटो समाए मैले ध्यान केन्द्रित त्यतै गरे
अर्को पाटो वास्ता नगर्दा आज अफ्ठ्यारोमा परे
हिँडियो घर बाट लाला बाला छोडिकन
निसर्त निस्वार्य विना हिँडियो लम्बे अभियानमा
त्यो पाटो पूरा भएन भने जस्तो गरीकन
भुल गरेछु जस्तो भयो आज मलाइ अर्को पाटो छोडिकन
अर्को पाटो समाउनेहरू देखिन्छन् चिल्ला र चुपिल्ला
एउटा पाटो समाउनेहरू देखिन्छन् निन्याउरा र झुत्रा झात्रा
दुई पाटोको मिलन बिन्दु खोज्दै खोज्दै जाँदा
आधा सताप्धिको उमेर भई सक्यो आज सोच्दा सोच्दा ।
आधा सताप्धिको उमेर भई सक्यो आज सोच्दा सोच्दा।।

प्रतिक्रिया दिनुहोस्