Logo

काउली खानुको फाइदा मात्र नभएर बेफाइदा पनि छ!



Spread the love

काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै मन पर्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक रहेको छ । किनकि काउलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूटि्रयन्स आदि भरपूर मात्रामा पाइन्छ ।

काउलीको तरकारीले हामीलाई धेरै प्रकारका स्वास्थ्य समस्याहरुबाट जोगाउने गर्छ । जस्तै एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि ।

फाइदै-फाइदाले भरिएको काउलीले कसै कसैको स्वास्थलाई बेफाइदा पुर्‍याउँने गर्छ ।
थाइराइडका बिमारी
थाइराइड दुई प्रकारको हुन्छ-हाइपो थाइराइड तथा हाइपर थाइराइड । चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बच्नुपर्छ ।
ग्याष्ट्रिकबाट पीडित महिलाहरु
काउलीमा त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ । त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो । त्यसैले ग्यास्टि्रकबाट पीडित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ । यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन ।
ब्लड क्लटिङको समस्या
यसबाहेक काउलीमा भिटामिन-के अत्यधिक मात्रामा पाइन्छ । भिटामिन- के ले शरीरको ब्लड कटिङमा सहयोग पुर्‍याउँछ । यदि मानिसको शरीरमा यो भिटामिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्