Logo

चलचित्र ‘छपाक’ ट्रेलर सार्वजनिक, यस्तो भूमिकामा दीपिका



Spread the love

पछिल्लो समय निकै नै चर्चाम रहेकी नायिका हुन्- दीपिका पादुकोण। उनको बहुप्रतिक्षित चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ ।

विवाह गर्न नमानेको भन्दै उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर लक्ष्मी अग्रवालमाथि एसिड प्रहार गरेका थिए । सो घटनामा बाँचेकी उनी एसिड हिंसाविरूद्धको अभियान कर्ता बनेकी छन् ।

सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा उक्त चलचित्र निर्माण गरिएको छ । सार्वजनिक ट्रेलरमा एसिड आक्रमण पछि जीवन पाएकी एक युवतीले कसरी पिडायुक्त जीवन व्यथित गर्नु पर्ने हुन्छ

यही पिडा दायक जीवनमा उसले साहस सकारात्मक सोच र आत्मविश्वासले कसरी समाजमा उदाहरणीय व्यक्तिको रूपमा स्थापित हुन सक्छ भनेर देखाइएको छ ।

चलचित्रलाई दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन् । चलचित्रलाई मेग्ना गुल्जारले निर्देशन गरेकी छिन् । उक्त चलचित्र यहि २०२० जनवरी १० बाट बिश्वभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस्  ट्रेलर:

https://youtu.be/kXVf-KLyybk

 

प्रतिक्रिया दिनुहोस्