Logo

भुटानलाई पराजित गर्दै साग पुरुष फुटबलको स्वर्ण नेपाललाई



Spread the love

२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक हात पारेको छ । दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा नेपालले भुटानलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले गोल गरे भने भुटानका लागि चेन्चो ग्यालसेनले बराबरी गोल फर्काए ।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए। यद्यपी भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए। नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन्। त्यसपश्चात थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्