Logo

यसरी जाडो मौसममा न्यानो र फेसनेबल देखिनुहोस्!



Spread the love

प्राय: मानिसहरू जाडो मौसममा लगाएको पहिरनले आफुलाई फेसनेबल नबनाएको सोच्ने गर्छन् । चिसो हुने कारण जाडो महिनामा शरीर ढाक्ने गरी पहिरन लगाउनु पर्दछ । शरीर पुरै लुगाबाट धाकिनु पर्दा गर्मीभन्दा जाडोमा फेसन कम भएको जस्तो सोचिन्छ । शरीर ढाकेरै पनि फेसनेबल देख्न सकिन्छ ।

पहिरन छनोट गर्दा आफुलाई सुहाउने तथा कलर कम्बिनेसनले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । स्मार्ट र स्टाइलिस देखिनका लागि हामीले हाम्रो छालाको कलरसँग म्याच हुने पहिरनको कलर छनोट गर्नुपर्छ ।

छालाको कलर केही डार्क छ भने सुहाउँदो डार्क कलरका पहिरन नै ठीक हुन्छ । डार्क कलरका कपडा प्रायः जाडो महिनामा प्रयोग हुने हुदा भर्खरका युवायुवतीलाई डार्क कलर अत्यन्तै सुहाउने हुन्छ ।

ज्याकेटको विकल्प हो, ‘लङकोट’ । यो महिला र पुरुष दुवैको रोजाइमा पर्छ र यसले निकै आकर्षक पनि देखाउने गर्छ । महिलाहरूले कोटलाई हरेक पहिरन संग लगाउन सक्छन् ।

सामान्यतया, हाफ ज्याकेटमा भित्रबाट ‘हाई नेक’ पनि लगाउने तथा कुहिना तथा पाखुरासम्म आउने ‘ह्यान्ड वार्मर’को प्रयोग गर्दा थप स्टाइलिस देखिन सकिन्छ । टाइट जिन्सको प्यान्टको विकल्पमा ट्राउजर र जकर्स लगाउन सकिन्छ ।

महिलाका लागि स्कर्ट तथा वान पिस अर्को विकल्प हो ।स्कर्टमा पनि भित्र भुवा भएको लगाउँदा न्यानो हुन्छ । कम्मरसम्म आउने ज्याकेट लगाएरभित्र कम्मरबाट स्र्कटको प्रयोग गर्न सकिन्छ । यससँगै घुँडाभन्दामाथि थाईसम्म आउनेगरी बुट लगाउँदा अझ स्टाइलिस देखिन्छ । नर्मल, लेदरबाट बनेको तथा सानो बुट भने प्यान्टमा प्रयोग गर्न सकिन्छ ।

टाइट प्यान्टमा हल्का ‘लुज’ खालको बुट नै आकर्षक देखिन्छ । लामो बाक्लो घाँटी छोप्ने ‘हाई नेक’ टिसर्टको सट्टामा महिलाहरूले ‘अफ सोल्डर टिसर्ट’ लगाउन सकिन्छ । अफ सोल्डर पहिरनमा गलबन्दीले घाँटी तथा काँधको ‘ओपन’ भागलाई आकर्षक तरिकामा ढाक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्