Logo

शैक्षिक क्षेत्रमा राजनीति बन्द गर्नुस् : मुख्यमन्त्री पौडेल



Spread the love

२६ मंसिर, चितवन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन् । बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक संस्थामा शिक्षक सङ्घ सङ्गठनका नाममा विद्यालय बिगार्ने गरी राजनीति गर्न नहुने बताएका हुन् ।

उनले भने, “शिक्षक सङ्घ, सङ्गठन तथा युनियन विद्यालयको हित र शैक्षिक गुणस्तर बढाउनका लागि हो । राजनीति गर्नका लागि होइन ।” उनले थपे, “अहिले विद्यार्थीको पढाइ नै बिग्रने गरी राजनीति हुने गरेको सुनेको छु ।” शिक्षा क्षेत्रमा अब परिवर्तन गर्नु आवश्यक रहेको बताउँदै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो भएको छ भने ।

अहिलेको शैक्षिक नीति परिवर्तन गरेर प्राविधिक शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले भने, “घोक्ने र घोकाउनेलाई समेत थाहा नभएको कुरा सिकाएर हुँदैन । अबको शिक्षा सिकाइमुखी हुन आवश्यक छ ।” विद्यालयहरु पढाउने होइन सिकाउने हुनुपर्ने भन्दै उनले विद्यालयमा सिकेको सीपबाहिर गएर प्रयोगमा आउनुपर्ने बताए । प्रदेश नं ३ का सबै जिल्लाका सबै स्थानीय तहमा एक÷एकवटा प्राविधिक विद्यालय बनाउने योजना रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, ई सुरज कंसाकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानले बोलेका थिए । सो अवसरमा सात जना विद्यार्थीलाई बालकुरी रत्न पदकद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्