Logo

च्याम्पियन्स लिगमा बायर्नसँग टोटेनहम पराजित



Spread the love

२६ मंसिर, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बायर्न म्युनिखसँग पराजय व्यहोरेको छ । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।

बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । किङ्सले कोमानले १४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । थोमस मुलरले ४५औ र फिलिप कोउटिन्होले ६४औं मिनेटमा गोल गरेका थिए । टोटेनहमका लागि रायन सेसेग्ननले २०औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै बायर्न समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । हारेसंगै समूह उपविजेता बन्दै टोटेनहमले पनि नकआउट चरणमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्