Logo

हुम्लामा टिपर दुुर्घटना हुँदा २ जनाको मृत्यु



Spread the love

२६ मंसिर, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्