Logo

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ सार्वजनिक(भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता पछि निर्देशक सुदर्शन थापाले यसैको सिक्कोइन ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ सार्वजनिक भएको छ। पुजाको घरको वरिपरी पल घरि घरि …..


गीतमा नायक पल शाह र पूजा शर्माको केमेष्ट्रिलाई दर्शकले अत्यतै रुचाएको छन् । उनीहरुको यो जोडी उदारहरिय बनेको छन् । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइ सकेका छन् । अब यस चलचित्र रुचाउने बिश्व रहेको नायिका पूजा बताएकी छन् ।

गीतको छयांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ ।

चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सोनम तोप्देनले स्वर भरेका छन् । सौरभ लामाले छायांकन गरेको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा पल र पुजासँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। शिवम अधिकारी र दिनेश न्यौपानेको लेखन रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् भने सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको। उक्त चलचित्र फागुन २३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/lcSRp-y_kw0

प्रतिक्रिया दिनुहोस्