Logo

सागर र उषाको अनौंठो ‘प्रेम कहानी’ (भिडियोमा)



Spread the love

पछिल्लो समय सामाजिक सञ्जाल अर्थात टिक टक, फेसबुक र युट्युबले लुकेका प्रतिभालाई विस्फोटन गराएको छ । अहिले त्यस्तै भारत र नेपालमा सबै भन्दा धेरै चल्दै आएको छ । त्यस्तै मध्यकी एक सुन्दरी हुन् उषा उप्रेती । उनीले टिक टकमा राज गरेकी थिइन् । सबै दर्शकको मन जिन्न सफल भएकी थिइन् भने उनको टिक टकमा फ्यान फलोअर्स  करिब ४ लाख रहेका छन् ।

अहिले उनको एक म्युजिक भिडियो ‘प्रेम कहानी’बोलको गीत सार्वजनिक भएको छ। गीतको मुख्य भूमिकामा उषा र सागरको गीत अनौंठो प्रेम कहानी रहेको छ ।

गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा रहेको छ । गायक सन्जिबकै शब्द रहेको छ भने उदयराज पौडेलले सङ्गीत संयोजन गरेका छन् । अनिल के मानन्धर र करन चैसरद्वारा छायाङ्कन भएको भिडियोलाई प्रबिन भट्टले सम्पादन तथा निर्देशन गरेका हुन् । उक्त भिडियोमा प्रमोद भण्डारीले कोरियोग्राफी रहेका छन् ।

के अब टिक टक जस्तै म्युजिक भिडियोमा सफल हुन्छन् त उषा अहिले सबैको चासोको विषय बनेको छ । उषा र सागरले रोमान्स गरेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छन् ।

हेर्नुहोस्  भिडियो :

https://youtu.be/QeJem5rnAQA

प्रतिक्रिया दिनुहोस्