Logo

बालबालिकाहरु पनि हकदार हुन्छन् सम्मानको !



Spread the love

जब तपाईं शुरुबाट नै आफ्ना बालबालिकाको राम्रोसंग लालन-पालन गर्नु हुन्छ । राम्रो लालन-पालनका लागि अन्य कुराहरु संग-संगै अति नै महत्वपूर्ण कुरा हो बालबालिकालाई दिइने सम्मान ।
बालबालिकाहरुको नाम बिगार्नु हुँदैन
प्रायः आमा-बुबा र आफन्तहरु बालबालिकाको नाम बिगारेर बोलाउने गर्छन् । यदि कुनै परिचित अथवा आफन्तले त्यसरी तपाईंको बालबालिकालाई बोलाए भने उनीहरुलाई तुरुन्त यस्तो नगर्न भन्नु पर्छ । नाम बिगार्दा बालबालिकाको व्यक्तित्व पनि विग्रन्छ ।
सधैं बालबालिकालाई त्यहि नामले बोलाउनु पर्छ ।
बालबालिकालाई सम्बोधन
यदि तपाईंले बालबालिकासंग तँ अथवा तिमी भनेर कुरा गर्नु भयो भने भोलि उसले अरुसंग अथवा हुन सक्छ तपाईंसँग पनि यहि वाक्य बोल्न सक्छ । जसका कारण तपाईंलाई अरुको अगाडि लज्जित हुन पर्छ ।
भाइबहिनीको अगाडी बालबालिकालाई गाली
तपाईंका बालबालिकाले कुनै काम भनेको जस्तो गरि गरेन भने अथवा अथवा उनीहरुले झुटो बोलेर तपाईंलाई रिस उठाउने काम गरे भने पनि बालबालिकालाई कहिले उनीहरुका साना भाइ-बहिनीको अगाडि अपमानित गर्नु हुँदैन । किनकि सानो भाइ तथा बहिनी, जसले घरको अग्रजबाट गालि, पिटाई खाएको देखेर भविष्यमा उनीहरुले ठूलोलाई सम्मान गर्न छोडिदिन्छन् ।
अरुको अगाडि आफुलाई नियन्त्रणमा राख्नु पर्छ
यदि तपाईंका बालबालिका केही कुरा हराईदियो भने उनीहरुलाई गालि गर्नु उचित हुँदैन । मानिसहरुका अगाडि कहिले पनि आफ्ना बालबालिकालाई अपमानित गर्नु हुँदैन । उनीहरुसंग एक्लै हुँदा कुरा गर्नु पर्छ ।
बालबालिकामा कमी-कमजोरी खोज्नु हुन्न
तपाई बालबालिकाहरुमा जति धेरै कराउने अथवा उनीहरुको कमी-कमजोरी खोज्नु हुन्छ, उनीहरु त्यति नै धेरै नराम्रो बाटो हिंड्ने सम्भावना बढ्छ । अरुको अगाडि उसको प्रशंसा गर्नु पर्छ । उनीहरु भित्र भएका खुबीहरुलाई बढाइ-चढाई भन्नुभयो भने बालबालिका भित्र सकारात्मकता बढ्छ ।
बालबालिकाको इच्छालाई सम्मान गर्नु पर्छ
बालबालिकामा जस्तो खुवी छ, जस्तो शिप छ र भविष्यमा उसलाई जे बन्ने इच्छा छ त्यसको सम्मान गर्नु पर्छ । उसलाई जे बन्ने इच्छा छ त्यहि बन्ने स्वीकृति दिनु पर्छ । प्रायः घरहरुमा बालबालिकाको इच्छालाई अहिले सानै छौ, राम्रो-नराम्रोको ज्ञान छैन भनेर दवाइ दिने गरिन्छ । तर त्यस्तो प्रवृत्ति सही होइन । बालबालिकाको जीवनमा आफ्नो अधिकार जमाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्