Logo

चलचित्र ‘चालबाज’ मा पुष्प अनुबन्धित !



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका नायक हुन्-पुष्प खड्का । उनका चलचित्रले व्यापारिक हिसाबबाट असफल भए पनि उनी एक पछि अर्को चलचित्रमा अफर आइरहेका छन् । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘चालबाज’मा नायक पुष्प खड्का अनुबन्धित भएका छन् ।

पुष्पलाई चलचित्र भन्दा पनि म्युजिक भिडियोमा दर्शकले रुचाउने गरेका छन् । चलचित्रको कथा र महिले गर्ने रोल मन परेपछि काम पुष्टी गरेका छन् । उक्त चलचित्र कमेडी जनरामा निर्माण निर्माण हुने भएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायिका केकी अधिकारी र पुष्पसँगै हाँस्य कालाकार वुद्दि तामाङ लागायतका कालाकार रहेका छन् । सौरभ लामाद्वारा छायांकन भएको चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । अरुण तामाङको लगानीमा रहेको चलचित्रलाई कैलाश राइले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्