Logo

मध्यरातमा झुण्डाइएको झोला खोल्दा बम विष्फोट



Spread the love

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राती करिब १२ं.०० बजे तिर बम विस्फोट हुँदा तीन जनाले ज्यान गुमाएको छ भने भने अन्य तीनजना घाइते भएका छन् ।

राजेश साहले राति पिसाप फेर्न उठेको बेला घरको मुलद्वारमा एउटा झोला झुण्डिएको देखेपश्चात प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबवाट प्रहरी निरीक्षक अमितकुमार दाहाल सहितको टोली घटना स्थल पुगेको थियो । घटनास्थलको समान्य अवलोकन पक्षि त्यो झोला खोलेर हेर्दा विष्फोट भएको स्थानीयको भनाइ रहेको छ ।

मृतक मध्ये ४७ वर्षिय राजेश साह र उनका २४ वर्षिय छोरा आन्नद साहको उपचारका लागि प्रादेशिक अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमितकुमार दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिएका छन् ।

घाइतेहरूको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्