Logo

बाँकेमा वर्षाले इँटा नष्ट



Spread the love

२८ मंसिर, राँझा। शुक्रबार दिनभरको वर्षात्का कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको छ । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको रु २० लाखका दरले क्षति भएको अनुमान छ । वर्षात्ले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्षात्मा सात करोड इँटा नष्ट भएकाले अर्कोपटक इँटा उत्पादन नहुँदासम्म इँटा अभावको सम्भावना देखिएको छ । इँटा उत्पादकले सिजनमा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् । एक पटकमा छ देखि १० लाखसम्म इँटा तयार पारिने व्यवसायी अधिकारीले बताउनुभयो । शुक्रबारको वर्षात्ले बाँकेका धेरैजसो इँटा उद्योगका काँचो इँटा गलेर नष्ट छ ।

इँटाको बिमा गर्ने व्यवस्था नभएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको सङ्घका अध्यक्ष खाँको भनाइ थियो । व्यवसायीले इँटाको पनि बिमा हुनुपर्ने माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्