Logo

ए’ डिभिजन लिग: उपाधि दावेदार मछिन्द्रले बीबीसीको सामना गर्दै



Spread the love

२८ मंसिर, काठमाडौं । आजदेखि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन सुरु हुँदैछ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुँदै लिगको सुरुवात हुनेछ ।

उपाधि दाबेदार मछिन्द्रमा राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता छ । पहिलो खेलमै बीबीसीलाई पराजित गर्दै मछिन्द्र लिगमा राम्रो सुरुवात गर्ने रणनीतिका साथ मैदान उत्रदैछ । यता, केही नाम चलेका स्टार र युवा खेलाडीले भरिएको ब्रिगेड ब्वाइजले मच्छिन्द्रलाई कडा चुनौती पेश गर्नेछ ।
मछिन्द्र टोली :
विराज महर्जन (कप्तान), सुजल श्रेष्ठ, अविषेक रिजाल, विजय धिमाल, विशाल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दीपक राई, हेमन गुरुङ, रेजिन सुब्बा, रेजिन धिमाल, सुर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, ओडेलाजा सोमिडे, आन्द्रियस निया ।
बीबीसी टोली :
अनिल गुरुङ (कप्तान), विजय गुरुङ, उत्तम गुरुङ, जय गुुरुङ, सुवित कार्की, मनोज राई, रजत तिवारी, रोशन राना मगर, रन्दीप पौडेल, ऋतिक खड्का, पदम भट्टाराई, व्रिजेश चौधरी, शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ ।

प्रतिक्रिया दिनुहोस्