Logo

रजत पदक विजेता नेपाली महिला टोलीको फिफा वरियतामा सुधार



Spread the love

२८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको हो ।

नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टोबरमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । एसियाली खेलकुद राष्ट्रमा नेपाल २१ औं स्थानमा रहेको छ । पोखरा रंगशालामा सोमबार भएको साग महिला फुटबलको फाइनलमा नेपाल भारतीय टोलीसँगै २–० को हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्