Logo

यसरी सजिलै घरमा नै बनाउनुहोस् मिठो पकौडा!



Spread the love

चिसो मौसममा तातो तातो पकौडा खानुको मज्जा बेग्लै छ । हरेक घरमा सजिलै पाइने आलु तथा प्याजको पौकोडा घरमै बनाएर खाए स्वास्थ्यलाई पनि हानी गर्दैन् ।

आलु तथा प्याजको पकौडा पकाउन पनि निकै सजिलो हुनुका साथै यसको स्वाद पनि निकै मिठो हुन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने, पाहुना आउदा तथा खाजाको विकल्प बन्न सक्ने हुँदा मानिसहरू पकौडा खान निकै रुचाउँछन् । हरेक घरमा बन्ने पकौडा आ–आफ्नै तरिकाले बनाउन सकिन्छ ।
चाहिने सामाग्री
उसिनेको आलु, काटेको प्याज, हरियो धनिया, हरियो खुर्सानी, ३ ठूूलो चम्चा बेसन, दुइ चम्चा चामलको पिठो, अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, खुर्सानी, डिप फ्राइ गर्नको लागि तेल
बनाउने विधि
उसिनेको आलुमा प्याज, लसुन अधुवा को पेस्ट, हरियो खुर्सानी, धनिया, नुन, खुर्सानी, मसला, बेसन र चामलको पिठोमा अलिकति पानी राखेर मिलाएर मुछ्नु पर्छ । एउटा कराईमा तेल तताए पछि हातले अलि अलि वा चम्चाले उक्त पकौडाको मिक्सलाई थोरै छुट्टा छुट्टै गरेर तेलमा बिस्तारै राख्नु पर्छ । पकौडालाई ब्राउन नहुन्जेल सम्म पल्टाएर पकाउनु पर्छ । दुबैतिरबाट राम्रोसंग पाकिसकेपछि एउटा पेपरमा राखेर अनावश्यक तेल सोछन दिनुपर्छ । तातो तातो पकौडालाई केचअपसँग खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्