Logo

आज मिति २०७६ साल मंसिर २९ गते आइतबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल मंसिर २९ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ।

वृष राशी – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

मिथुन राशी – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमि बाट लाभ रहला। स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ।

कर्कट राशी – सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। आएको काम पुरा भई धनार्जन हुनेछ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अलंकारको प्राप्ति हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

सिंह राशी – महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

कन्या राशी – प्रेम सम्बन्ध कसिलो हुनेछ। यात्रा सफल हुने छ। कार्य सम्पादनमा सहजता मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला राशी – घरमा अतिथीको आगमन हुनेछ। भूमि बाट लाभ रहला।माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

वृश्चिक राशी – आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।

धनु राशी – झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

मकर राशी – मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।

कुम्भ राशी – माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन। पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। समय मध्यम छ। अरूको सेवामा मन जाने छ। रोकिएका काम पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ।

मीन राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धोका मिल्ने योग छ।धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

प्रतिक्रिया दिनुहोस्