Logo

मृतकका परिवारलाई राहत प्रदान



Spread the love

२९ मंसिर, पाल्पा – जीप दुर्घटनामा ज्यान गुमाएका पाल्पा रिब्दिकोट गाउँपालिका–७ पालुङ्गमैनादीका दानबहादुर गाहाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

श्रीनगर यातायात सेवा कम्पनी प्रालिले जीप दुर्घटनामा ज्यान गुमाएका चालक तथा सवारीधनी दानबहादुर गाहाको परिवारलाई राहत स्वरुप रु तीन लाख रकम प्रदान गरेको छ । कम्पनीले राहत स्वरुप आन्तरिक स्रोतबाट तीन लाख रकम गाहाका श्रीमती अमृता गाहालाई प्रदान गरेको हो ।

गाहाको २०७४ बैशाख १० गते जिप दुर्घटनामा निधन भएको थियो । कम्पनीले समितिमा दर्ता भएका सवारी धनी दुर्घटनामा परी मृत्यु भएमा आन्तरिक कोषबाट राहत रकम उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्