Logo

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन



Spread the love

३० मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा निधन भएको हो ।

भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए । उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल नपुग्दै निधन भएको छ । अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण खुलेको छैन ।

निर्देशक तथा कलाकारसमेत रहेका भट्टराई चलचित्र बोर्डका अध्यक्ष हुन् । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराईलाई चलचित्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् । भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्