Logo

शुक्रवारसम्म भोट नगन्न नेपाल आइडललाई अदालतको अन्तरिम आदेश



Spread the love

जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।

अदालतले सो मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

रिट निवेदक न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेका थिए ।२३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्