Logo

ला लिगामा भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगियो मड्रिड



Spread the love

३० मंसिर, काठमाडौं । स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगामा भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगिएको छ । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि रियले ७८औं मिनेटमा गोल खान पुगेको थियो । भ्यालेन्सियाका कार्लाेस सोलेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । हारतर्फ उन्मुख रियलका लागि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगायो ।

बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल १६ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया २७ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्