Logo

इटालियन सिरी ‘ए’ मा युभेन्टस विजयी, इन्टर शीर्षस्थानमा



Spread the love

३० मंसिर, काठमाडौं । युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि जित निकालेको छ । युभेन्टसले उडिनेसीसंग ३–१ को सहज जित निकालेको हो ।

एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा क्रिश्चियानो रोनाल्डोले २ तथा बोनुस्सीले एक गोल गरे।उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे ।

नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टसले खेलमा अग्रता लियो । ३७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । ४५औं मिनेटमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्टसले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयमा इग्नासियोले गोल गरेपनि युभेन्टसविरुद्ध हार टार्न सकेन । युभेन्टस ३–१ ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टस १६ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बराबरीपछि इन्टर १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३९ अंक रहेपनि इन्टर गोल अन्तरमा शीर्षमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्