Logo

रंगशाला बनाउने खर्च जुटाउन धुर्मुस-सुन्तली फाउन्डेसनले खोले ठेला पसल



Spread the love

१ पुस, काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले ठेला पसल पनि संचालन गरेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेलले बताएका छन् ।

आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ‘अहिले एउटा ठेला छ। फलफूल र पानी राखेका छौं,’ धर्मुसले भने, ‘अर्को एउटा ठेला थप्दै छौं। त्यसमा सुन्तलीले म:म बेच्नेछिन्।’

कतारबाट फर्केका चितवनका विनोद रानाभाटले ठेला पसलमा फलफूल र पानी बिक्री गर्छन्।‘रंगशाला-ठेला कन्सेप्टले रंगशाला निर्माणका काम अवलोकन गर्न आउनेहरूलाई पनि सहयोग गर्छ। कसैलाई भोक लागेको हुन्छ। कोही तिर्खाएका हुन्छन्,’ उनले भने, ‘ठेलाका सामान बिक्री गरेर संकलित पैसा रंगशाला निर्माणमै खर्च हुन्छ।’

यो रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने बताइएको छ। यहाँ २५ हजारभन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ।

प्रतिक्रिया दिनुहोस्